सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई


  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १०:०९ 
  • म्याग्दी । म्याग्दीको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् ।

    बेनी नगरपालिका–८ कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री खरीद गरी सात जना बाढीपीडितलाई प्रदान गरेका हुन् । १४ वर्षीय इदान पुनको नेतृत्वमा खेलिएको देउसीभैलोबाट सङ्कलन भएको रकमबाट दाल, चिनी, चियापत्ती, बिस्कुट, साबुन लगायतका सामान खरीद गरेर बाढीपीडितहरुलाई प्रदान गरेका बाढीपीडित राहत सङ्कलन एवं व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजालले जानकारी दिनुभयो ।

    गत असोज ४ गते राति कोटखोलामा आएको बाढीले स्थानीयवासी दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, माया परियार, रश्मी परियार, अनिता परियार, सेते किसान र बुद्ध एकेडेमीलाई क्षति पुर्याएको थियो । बाढीबाट क्षति पुगेको बुद्ध एकेडेमीको पुनर्निर्माणको काम भने सम्पन्न भइसकेको छ ।

    बाढीबाट क्षति पुगेको व्यक्तिहरुको पुनःस्थापनाका लागि पहल भइरहेको र उनीहरुलाई घर निर्माणका लागि जग्गाको खोजी भइरहेको बताइएको छ । पूर्णरूपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन् । उनीहरुको सहयोग र व्यवस्थापनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गठन गरिएको बगरफाँट बाढीपीडित आर्थिक सङ्कलन तथा व्यवस्थापनको खातामा अहिलेसम्म रु तीन लाख ५२ हजार ३०० सङ्कलन भएको संयोजक रिजालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.