सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परम्परागत बीउले धान उत्पादन बढेन


  •    न्युजभित्तो/१७ असार २०८१, आईतवार ११:३४ 
  • बलेवा (बागलुङ), १६ असार । यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उहाँको भनाइ छ ।

    लामो समयको खडेरीका कारण मकै लगाउन पनि ढिलाइ भएको उहाँले बताउनुभयो । गलकोट नगरपालिका बाहेकका पालिकामा धान रोपाइँ न्यून भएको पुनले जानकारी दिनुभयो ।

    एक दशकअघि जिल्लाका पाँच हजार नौ सय हेक्टरमा धानखेती हुने गरेकोमा अहिले पाँच हजार सात सय सात हेक्टरमा मात्रै धानखेती हुने गरेको छ । जसबाट वार्षिक १९ हजार सात सय ५० मेट्रिकटन धान उत्पादन हुने गरेको केन्द्रको भनाइ छ ।

    “जिल्लामा कृषि गणना र अद्यावधिक नहुँदा कतिपय तथ्याङ्क आउन सकेको छैन”, पुनले भन्नुभयो । बागलुङमा अधिकांश जमिनमा परम्परागत जातको धान लगाउने चलन छ ।

    परम्परागत धानतर्फ गौरीया, जेठोबुढो, गुडुरा र एक्ले धान लगाइन्छ । उन्नत जातमा केन्द्रले सिफारिस गरेको खुमल–४ जातको धान लगाउने चलन छ । त्यसबाहेक किसानले सिफारिस नभएको जातका धान पनि लगाएका छन् । “हामीले स्वीकृत नदिएपनि कतिपय किसानले ‘युएस ३१२’ जातको धान लगाउनुभएको छ”, पुनले भन्नुभयो, “यहाँको हावापानीमा अनुकुल नभएका उक्त जातको धान रोप्नका लागि सिफारिस गरिएको छैन ।”

    दाना नलाग्नेलगायतको समस्या हुनसक्ने भन्दै केन्द्रले सचेत गराउँदा पनि केही किसानले लगाएको उहाँले बताउनुभयो । चैते धानको उत्पादन भने राम्रो भएको उहाँको भनाइ छ ।

    “गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जातको धान रोप्दा उत्पादन बढाउन सकिन्छ”, केन्द्रका प्रमुख राजेन्द्र सिलवालले भन्नुभयो, “प्रशस्त जमिन छ, तर धान लगाइएको छैन । पर्याप्त सिँचाइको सुविधा उपलब्ध गराउन सके धान उत्पादन बढाउन सकिन्थ्यो ।” यहाँका तमानखोला र ताराखोला गाउँपालिकामा थोरै क्षेत्रफलमा मात्रै धान लगाइन्छ भने अन्य पालिकाको हकमा धान प्रमुख बाली हो ।

    धानबालीमा लाग्ने रोगको उपचार नियमित गर्न सके उत्पादन बढ्न सक्ने किसानको भनाइ छ । समयमै पर्याप्त मल पाउने व्यवस्था र रोग लागेमा तत्काल उपचारको व्यवस्था भैदिए उत्पादन बढाउन सहज हुने गलकोट नगरपालिका ६ का नरबहादुर खत्रीले बताउनुभयो । “धान त रोपेर लगभग सकियो, रोगकिराबाट बचाउन बेलाबेला उपचार र प्राविधिक साथ चाहिन्छ” उहाँले भन्नुभयो, “समस्या पर्नासाथ समयमा औषधि पाइयो भने उत्पादन बढाउन सकिन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.