सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले पहिलोपटक काठमाडौं उपत्यका बाहिर धान दिवस मनाउँदै


  •    न्युजभित्तो/१५ असार २०८१, शुक्रबार १४:१९ 
  • काठमाडौं, १४ असार । कृषि मन्त्रालयले पहिलो पटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यका बाहिर मनाउन लागेको छ । मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो ।

    ०६० सालदेखि नेपालमा बर्सेनि असार १५ गते धान दिवस मनाइँदै आइएको छ । मन्त्रालयले विगत २० वर्षदेखि नियमिम रुपमा धान दिवस मनाउँदै आए पनि काठमाडौंमा मात्रै सीमित थियो ।

    मन्त्रालयले चितवनबाट औपचारिक रुपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरु र किसानहरु सहभागी हुनेछन् ।

    ‘बछौलीमा करिब ढेड बिगाहा जग्गामा धान रोपाइँ गरिनेछ’, मन्त्री साहले कार्यक्रमबारे भनिन्, ‘वास्तविक किसानसँग नै धान दिवस मनाउँछौं ।’

    ९.८ प्रतिशत रोपाइँ सकियो

    हालसम्म नेपालमा कुल रोपाइँ हुने क्षेत्रको ९।८ प्रतिशत रोपाइँ भएको छ । १२ असारसम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रको १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको हो । यो तथ्यांक गतवर्षभन्दा केही बढी हो ।

    नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टरमा रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्ष १० असार २०८० सम्ममा कुल रोपाइँ क्षेत्रको ८।७५ प्रतिशत रोपाइँ भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.