फैलिँदै मनसुन वायुको प्रभाव, आज कहाँ-कहाँ पर्दैछ पानी ?
न्युजभित्तो/५ असार २०८१, मंगलवार ११:१०
काठमाडौ, ४ असार । मनसुन वायुको प्रभाव पूर्वबाट पश्चिमतिर फैलिइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार अहिले देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।
अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधे , बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।