सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना


  •    न्युजभित्तो/४ असार २०८१, सोमबार १४:४८ 
  • काठमाडौँ, ३ असार । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक तयारी गरी सतर्कता अपनाउन अनुरोध छ ।

    मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिनुभयो ।

    “मुलुकको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइसकेको छ, पूर्वबाट पश्चिम बहने हावा सक्रिय नहुँदा पश्चिमी क्षेत्रमा असार ६ गतेसम्म तातो हावाको लहर चल्ने छ”, उहाँले भन्नुभयो, “महाशाखाले मौसमसम्बन्धी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्ने भएकाले आगामी तीन दिनसम्म पश्चिम क्षेत्रमा मौसम सक्रिय हुँदैन, त्यसपछि पनि के हुन्छ आजै भन्न सकिदैन ।”

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताउनुभयो ।

    “तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ ९जुस, सर्वत० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ छ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.