सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटको कार्यान्वयन पक्ष फितलो बन्न नहुनेमा जोड


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १६:२१ 
  • काठमाडौँ, २० जेठ । सांसद रेखा यादवले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको कार्यान्वयन पक्ष फितलो बनाउन नहुनेमा जोड दिनुभएको छ ।

    आव २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले बजेटको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । “जेठ १५ गते अर्थमन्त्रीले नेपालमा उत्पादित अल्लोको झोलामा बोकेर बजेट ल्याउँदा सकारात्मक देखिए पनि झोलाभित्रको वक्तव्यले उत्साह दिन सकेन”, उहाँले भन्नुभयो, “समाजवाद अर्थतन्त्र उन्मुख बजेट प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ ।”

    सांसद यादवले बजेटमा कृषि दशक घोषणा भए पनि कृषि मन्त्रालयका लागि विनियोजन भएको बजेटको आकार घटाइएको भन्दै उत्पादनशील क्षेत्रलाई राज्यले उपेक्षित गरेकामा आपत्ति जनाउनुभयो । चुरेमा पानीको हाहाकार मच्चिएर जनता समस्यामा परेका भन्दै चुरे संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

    “चुरेमा खानेपानी तथा सिँचाइका लागि पानीको अभाव छ । चुरेका बासिन्दा समस्या समाधानका लागि काठमाडौँमा आएर अनशन बसेका छन्”, सांसद यादवले भन्नुभयो, “चुरेको ढुङ्गागिटी उत्खनन गर्न खनिजजन्य नीति ल्याएपछि दोहन भएको हो । चुरे दोहन रोक्ने नीति बजेटको प्राथमिकतामा पर्नुपर्छ ।” उहाँले भएका पुराना उद्योग सञ्चालन गर्न सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनुभयो । “पुराना उद्योग सञ्चालन गर्न वातावरण नदिने अनि नयाँ उद्योग खोल्न लगानी आह्वान गरेर मात्र हुन्छ रु”, उहाँले संसद्मा प्रश्न गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.