सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अहिलेसम्मकै महँगो रेकर्ड बनाएको सुनको मूल्यमा आज गिरावट


  •    न्युजभित्तो/२० जेष्ठ २०८१, आईतवार १२:२४ 
  • काठमाडौं, २० जेठ । शुक्रबार नेपाली बजारमा अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज केही घटेको छ। आज छापावाल सुन तोलामा दुई सयले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आज छापावाल सुनको मूल्य एक लाख ४२ हजार कायम भएको छ। त्यसैगरी तेजावी सुनको मूल्य एक लाख ४१ हजार तीन सय कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ।

    शुक्रबार छापावाल सुन १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ थियो। यो नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटपछि सुनको मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।

    अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत सुनको भन्सार शुल्क १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएका थिए। बजेटपछिका ३ दिनसम्म सुन लगातार बढेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.