चार दिनमै सुनको मूल्य चार हजार नौ सय रूपैयाँले घट्यो
न्युजभित्तो/११ जेष्ठ २०८१, शुक्रबार १२:०८
काठमाडौं, ११ जेठ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ साताको अन्तिम दिन पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको छ । मंगलबारपनि सुन प्रतितोला एक हजार दुई सय, बुधबार प्रतितोला एक सय र बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ सुनको मूल्य घटेको थियो । योसँगै चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।