सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तातो हावाको जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू


  •    न्युजभित्तो/९ जेष्ठ २०८१, बुधबार १३:०४ 
  • काठमाडौँ, ९ जेठ । सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ ।

    ‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार प्रतिकार्य योजनाले पूर्णता पाएको हो । प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उहाँले बताउनुभयो ।

    अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेका बेला यसपालि प्रतिकार्ययोजना नै तयार पारी लागू गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार हुने गरी कार्ययोजना तयार पारिएको छ ।

    उक्त कार्ययोजनामा जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, लूबाट बच्ने उपाएका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, सर्वतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारीमा राख्ने, भीडभाड नियन्त्रण गर्ने, दिउँसोमा धेरै हिँड्डुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान–बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् ।

    यस्तै, प्रतिकार्य योजनामा लूसम्बन्धी जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना पालिकातहसम्म पुर्याउने रहेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव भरतमणि पाण्डेको नेतृत्वको टोलीले उक्त प्रतिकार्ययोजना तयार गरेको हो । यही योजनाअनुसार हरेक जिल्लामा कार्य गर्ने गरी मन्त्रालयले आवश्यक निर्देशन दिएको उहाँले बताउनुभयो ।

    अहिलेसम्म नेपालमा तातो हावाको लहर र यसबाट बच्ने उपायका विषयमा ठोस कदम चालिएको छैन । रेडक्रसले नेपालगञ्जमा केही कार्यक्रम सुरु गरेको भए पनि सरकारी तहबाट काम हुन नसकिरहेका बेला अब भने व्यवस्थितरुपमा कार्य गर्ने गरी कार्य योजना निर्माण गरेर काम अघि बढाइएको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलले तातो हावाको लहरले प्रत्यक्षभन्दा अप्रत्यक्ष रुपमा बढी क्षति पुर्याउने बताउनुभयो । नेपालमा वार्षिक ०।०५२ प्रतिशतले अधिकतम तापक्रम बढिरहेको छ । न्यूनतम तापक्रम पनि ०.००२ प्रतिशतले वृद्धि भइरहेको मौसम्विद्हरुले बताएका छन् ।

    नेपालको तराईका २२ जिल्ला तातो हावाको लहरबाट बढी प्रभावित छन् । यसपालि गर्मी बढ्ने र वर्षा पनि बढी हुने आँकलन जल तया मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । त्यसैले गर्मीबाट नागरिकको ज्यान बचाउन र जनजीवन प्रभाविन हुन नदिन प्रतिकार्ययोजना निर्माण गरी लागू गर्न लागिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.