सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सम्झौता


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १४:२८ 
  • सिन्धुपाल्चोक, ३ जेठ । हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अवलम्बन गरेको बताइएको छ ।

    सामुदायिक विद्यालयका प्रधानाध्यापकले शिक्षा अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि र उत्तीर्ण दरमा बढोत्तरी गर्दै शिक्षाको गुणस्तरमा अभिवृद्धि र विद्यालयबाट प्रदान गरिने सेवालाई सुशासनमैत्री र नतिजामुखी बनाउनका लागि गाउँपालिकाको शिक्षा विकास तथा समन्वय एकाइ, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घको नियमित सुपरीवेक्षणमा रही चालु शैक्षिकसत्र २०८१ मा सम्पादनका लागि नयाँ शर्त राखिएको छ ।

    सम्झौतामा भनिएको छ, “देहायका उल्लेखित कार्य सम्पादन गर्दछु भनी यस गाउँपालिकाका शिक्षा अधिकृत धनध्वज लामासमक्ष यो कार्य सम्पादन करार सम्झौता गरेको छु ।” कार्य शर्तहरुमा चालु शैक्षिकसत्र २०८१ मा कक्षा १ देखि ३ को विद्यार्थी सिकाइ उपलब्धि दर शतप्रतिशत कक्षा ४ देखि १० को विद्यार्थी सिकाइ उपलब्धि न्यूनतम १० प्रतिशतले वृद्धि गर्ने साथै सबै तह र कक्षाको विद्यार्थी उत्तीर्ण प्रतिशत शतप्रतिशत गर्ने उल्ल्ेख गरिएको छ ।

    तोकिएको समयवधिभित्रै विद्यालय सुधार योजना अध्यावधिक र कार्यान्वयन, सामाजिक परीक्षण, लेखापरीक्षण अध्यावधिक, दिवा खाजाको प्रभावकारी व्यवस्थापन, विविध निकायबाट विद्यालयमा प्राप्त भएका बजेट तथा कार्यक्रमको समयमै कार्यान्वयन गरी सम्बन्धित निकायमा पेस गर्नुपर्ने कागजात तथा प्रतिवेदन समयमा पेस गर्ने उल्लेख छ ।

    विद्यालयले शिक्षक विद्यार्थीको आचारसंहिता निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गरेर पाठ्यक्रमले तोकिएबमोजिम सम्पूर्ण क्रियाकलापको पूर्ण कार्यान्वयन गरी शैक्षिक योजना, डायरी, विद्यार्थी ‘होमवर्क’लगायत प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

    पालिकामा कार्यरत प्रधानाध्यापकले शिक्षा नियमावली, २०५९ को नियम ९४ मा उल्लेखित कार्य गरी माथिल्लो निकायबाट निर्दिष्ट भएका निर्देशन, परिपत्रको कार्यान्वयन र प्रतिवेदन गर्नुपर्ने उल्लेख छ ।

    साथै प्रधानाध्यापकले माथि उल्लेखित कार्य शर्त पूरा गर्नका लागि विद्यालयको योजना, रणनीति तयार गरी यस सम्झौता तथा शिक्षा नियमावली २०५९ को नियम १३३ बमोजिम सबै शिक्षकसँग अनिवार्य करार सम्झौता गर्नुपर्नेछ । तोकिएका शर्तहरुको कार्यान्वनको विश्लेषण गर्दै गाउँ शिक्षा समितिले निर्णय गरी आवश्यक पृष्ठपोषण प्रदान, परस्कृत र कारबाही गर्न सकिनेछ ।

    गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र सामाजिक विकास संयोजक छिरिङ लामा ह्योल्मोको रोहबरमा गरिएको हस्ताक्षर गाउँपालिकाका तर्फबाट शिक्षा अधिकृत लामाले गर्नुभएको थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापकले हस्ताक्षर गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.