भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाउँदा नेपाली बजारमा मूल्य बढ्ने
न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १२:१४
काठमाडौँ, २३ वैशाख । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । ४० प्रतिशत निर्यात शुल्क बढाएर भारतले प्याजमा लगाएको प्रतिबन्ध हटाएको हो । अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने खबरमा उल्लेख छ ।
भारत सरकारले सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै निर्यात शुल्क बढाएर प्याज निर्यातमा लगाएका सबै प्रतिबन्ध हटाएको बीबीसी हिन्दीले जनाएको हो । यसअघि निर्यात हुने प्याजको मूल्य ५ सय ५० अमेरिकी डलरमा ४० प्रतिशत निर्यात मूल्य थपेर ७ सय ७० अमेरिकी डलर पुर्याएको हो । भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसँग आश्रित रहेका विभिन्न देशमा प्याजको मूल्य बढ्न सक्ने भएको छ ।
नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ । यो वर्षको शुरुवातमै भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार सन् २०२४ को यस सिजनमा एक सय ९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको खबरमा उल्लेख छ ।