सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाउँदा नेपाली बजारमा मूल्य बढ्ने


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १२:१४ 
  • काठमाडौँ, २३ वैशाख । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । ४० प्रतिशत निर्यात शुल्क बढाएर भारतले प्याजमा लगाएको प्रतिबन्ध हटाएको हो । अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने खबरमा उल्लेख छ ।

    भारत सरकारले सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै निर्यात शुल्क बढाएर प्याज निर्यातमा लगाएका सबै प्रतिबन्ध हटाएको बीबीसी हिन्दीले जनाएको हो । यसअघि निर्यात हुने प्याजको मूल्य ५ सय ५० अमेरिकी डलरमा ४० प्रतिशत निर्यात मूल्य थपेर ७ सय ७० अमेरिकी डलर पुर्‍याएको हो । भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसँग आश्रित रहेका विभिन्न देशमा प्याजको मूल्य बढ्न सक्ने भएको छ ।

    नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ । यो वर्षको शुरुवातमै भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको त्यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । सरकारी अनुमान अनुसार सन् २०२४ को यस सिजनमा एक सय ९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको खबरमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.