सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज


  •    न्युजभित्तो/२१ बैशाख २०८१, शुक्रबार १२:५७ 
  • काठमाडौँ, २१ वैशाख । श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ ।

    यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको हो ।

    आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा युद्धको चपेटामा सयभन्दा बढी पत्रकारको हत्या गरिएकामा निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिइएको हो । यसैगरीे लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चार जगत्को विशिष्ट योगदान रहेको स्मरण गर्दै शान्ति समाजले अबको बाटो भनेको मर्यादित एवं व्यावसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको उल्लेख गरेको छ । त्यसका लागि सम्बद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक भएको धारणा शान्ति समाजले अघि सारेको छ ।

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ । युद्धको चपेटामा पत्रकारहरुः युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यावसायिक पत्रकारिताः केन्द्रविन्दुमा श्रमजीवी पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाडौँ, सङ्खुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो । यस्तै शान्ति समाज जिल्ला शाखाको आयोजनामा अन्य जिल्लामा पनि कार्यक्रम भइरहेको जनाइएको छ ।

    काठमाडौँमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाहकार गोविन्द खनाल, पूर्वसभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, समाजसेवी लालु लामा, पत्रकार रघु लामिछानेलगायतले मन्तव्य व्यक्त गर्दैै स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

    यसैगरी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शान्ति समाजको दाङ शाखाले श्रमिकको पेसा तथा भौतिक सुरक्षाको सुनिश्चितता विषयमा अन्तक्र्रिया र पाल्पा शाखाले मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्दै तानसेनको नारायणस्थान चोकका श्रमिकलाई खाद्यान्न वितरण गरेको समाजका महासचिव रेनुका पौडेलले राससलाई जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.