सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२५ तारिखसम्म टिम हेरफेर गर्न मिल्ने भएपछि सन्दीपको फैसला कुर्दै क्यान


  •    न्युजभित्तो/२० बैशाख २०८१, बिहीबार १२:१९ 
  • काठमाडौं, २० वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु स्वभाविक हो ।

    यद्यपि, सन्दीपले टी(२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि अमेरिकाको टिकट काट्न सक्ने क्यान स्रोत बताउँछ ।

    टी(२० विश्वकपका लागि मुख्य स्क्वाड घोषणा गर्ने डेडलाइन हिजोसम्म थियो । त्यसअनुसार नेपालले पनि आफ्नो स्क्वाड घोषणा गरेको हो । तर, यो स्क्वाडमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य स्क्वाडमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधान छ ।

    नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य स्क्वाडमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ ।

    क्यानले किन रिजर्भ खेलाडी घोषणा गरेन भन्ने प्रश्नमा एक पदाधिकारीले सन्दीपको मुद्दातर्फ संकेत गरे । उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यदि आइतबार सुनवाइ सुरु भयो भने एकरदुई दिनमा नै फैसला आउन सक्छ । यदि उच्चले जिल्ला अदालतको फैसला उल्टाएर सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने ती पदाधिकारीले बताए ।

    आइसीसीमा दर्ता भएका २५ जनाको सूचीमा सन्दीप पनि छन् भन्ने स्रोतको अपुष्ट दाबी छ । यो सूचीबाट क्यानले आफ्नै खर्चमा रिजर्भ खेलाडीहरू लैजान पाउँछ । अहिले नेपालको स्क्वाडमा सन्दीपको ठाउँमा स्पिनरको रूपमा सागर ढकाललाई समावेश गरिएको छ । यदि सन्दीप अमेरिका जान पाए भने उनले सागर ढकाललाई प्रतिस्थापित गर्न सक्नेछन् ।

    नेपाल प्रेस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.