सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एप्पलले गुमायो नम्बर वानको ताज, सामसुङको पुनरागमन


  •    न्युजभित्तो/४ बैशाख २०८१, मंगलवार १२:५१ 
  • काठमाडौँ, ४ वैशाख । ‘विश्वको नम्बर वान’ स्मार्टफोन निर्माता कम्पनीको ताज एप्पलले गुमाएको छ । योसँगै नम्बर वान स्मार्टफोन कम्पनीको शीर्ष स्थानमा सामसुङले पुनरागमन गरेको छ ।

    डेटा रिसर्च कम्पनी आईडीसीले चालु वर्ष सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा पठाइएका ९शिपमेन्ट गरिएका० स्मार्टफोनको संख्याका आधारमा तयार पारेको रिपोर्टले यस अवधिमा एप्पलको शिपमेन्टमा १० प्रतिशतले गिरावट आएसँगै शीर्ष स्थान गुमाएको हो ।

    उता पहिलो स्थानमा पुनरागमन गरेको सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउँदै २०.८ प्रतिशत पुुराएको छ । दोस्रो स्थानमा खस्किएको एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।

    आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो । तर, उसले त्यो ताज लामो समयसम्म टिकाउन सकेन ।

    दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस २४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

    ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो ।

    उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। ग्तवर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.