सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुन विपरीतका हतियार जफत गरिने


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १४:४५ 
  • तम्घास, २ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हातहतियार म्यादभित्र नवीकरण नभएमा तत्काल नवीकरण गर्नुपर्नेछ ।

    इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहारी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

    अनधिकृत व्यक्तिले हातहतियारको दुरुपयोग गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कानुन विपरीतका हतियार जफत गर्न लागिएको हो । पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नभएकाकोे इजाजत समेत खारेज गरी जफत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कूल दुई सय ८१ हातहतियार दर्ता छन् ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.