सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुन विपरीतका हतियार जफत गरिने


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १४:४५ 
  • तम्घास, २ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीले कानुन विपरीतका सम्पूर्ण हातहतियार जफत गर्ने भएको छ । पाँच वर्षभन्दा बढी नवीकरण नभएका हातहतियार प्रशासन कार्यालयले जफत गर्ने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा दर्ता भएका हातहतियार म्यादभित्र नवीकरण नभएमा तत्काल नवीकरण गर्नुपर्नेछ ।

    इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार २०८१ वैशाख मसान्तभित्र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहारी कार्यालय वा नजिकैको प्रहरी चौकीमा बुझाउन जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

    अनधिकृत व्यक्तिले हातहतियारको दुरुपयोग गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी कानुन विपरीतका हतियार जफत गर्न लागिएको हो । पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण नभएकाकोे इजाजत समेत खारेज गरी जफत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा कूल दुई सय ८१ हातहतियार दर्ता छन् ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.