सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लालीगुराँस हेर्न लाप्राकमा पर्यटक


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १४:२६ 
  • गोरखा, २ वैशाख । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ ।

    लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा धेरै पर्यटक लाप्राक आउनेजाने क्रम बढेको छ”, वडाध्यक्ष किसान गुरुङले भन्नुभयो, “डाँडाभरी विभिन्न रङका लालीगुराँसका फुलेपछि यस क्षेत्रको थप सुन्दर बनेको छ ।” हिउँ परेका बेलामा पनि पर्यटक आउने गरेको भन्दै उहाँले यसपटक लालीगुँरास हेर्न आउनेको भीड बढेको बताउनुभयो । लाप्राकमा पर्यटक बढ्न थालेपछि होटल व्यवसायीसमेत खुसी भएका छन् । लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकले लाप्राकका अधिकांश होटल भरिभराउ भएको बताउनुभयो ।

    भूकम्पपछि लाप्राकको पुरानो बस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य बनेको छ ।

    गुप्सीपाखास्थित एकीकृत नमुनाबस्तीमा रहेका एउटै मोडलका पाँच सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ । उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक घरबास समेत सञ्चालनमा छ । पर्यटकको सङ्ख्या बढ्न थालेपछि घरबासमा समेत राम्रो व्यापार हुनथालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    • ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.