सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज इदउलफित्र मनाइँदै


  •    न्युजभित्तो/२९ चैत्र २०८०, बिहीबार ११:१६ 
  • विराटनगर, २९ चैत । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ । इस्लाम धर्मावलम्बीहरु रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन्
    ।
    एक महिनासम्म सञ्चालन भएको यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज ९मगरिब० को आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

    निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

    दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाश चियाउने तिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

    शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिसहरु एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने विश्वास गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

    सुख, शान्ति र समृद्धिका लागि एत्तकाबइस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको २० औँ दिनमा मस्जिदमा एत्तकाब बस्ने गर्दछन् । रमजान महिना तीन भागमा विभाजित हुन्छ । पहिलो आसरा ‘रहमत’, दोस्रो आसरा ‘मगफिरत’ र २०औँ रोजा पछि सुरु हुने तेस्रो आसरा हो । नर्कबाट मुक्ति प्राप्त गर्न प्रत्येक जामे मस्जिदमा एत्तकाब बस्ने प्रचलन रही आएको छ ।

    विराटनगर महानगरपालिका–६ निवासी शहबाजिया माध्यमिक विद्यालयका प्रधानाध्यापक इमाम हैदरका अनुसार “यो एत्तकाब मुसलमान समुदायका लागि मात्र नभएर संसारका हरेक मानव जातिका लागि सुुख शान्ति, सद्भाव र समृद्धिका लागि अल्लाहसँग प्रार्थना गर्नु हो भन्नुभयो ।”एत्तकाबमा बस्ने मानिसहरुले मौन रही घरपरिवार, इस्टमित्र र व्यापार अन्य क्रियाकलापबाट टाढा रहनुपर्ने धार्मिक मान्यता छ जसलाई मुसलमानहरुले अहिलेसम्म पछ्याइरहेका छन् ।

    विराटनगर बुधहाट जामे मस्जिदमा एत्तकाबमा बस्ने मोहम्मद एजहारुल, हाजी कमर आलम, अब्दुल कादिर पनि एत्तकाबमा बस्नुभएको छ ।इदउलफित्र इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउलफित्र’ मनाइरहेका छन् । ‘इदउलफित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन ।

    नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन् । रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो ।यो पर्वको ७० औँ दिनमा बकरिदअर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यसअन्तर्गत हैसियत हुने मुस्लिमहरुले ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् । कुरानमा नै हैसियत हुनेहरुले मक्का जानुपर्दछ भन्ने उल्लेख गरिएअनुसार मुसलमानहरु यसरी मक्का जाने गर्दछन् ।

    फितरा र जकात रमजान महिनामा प्रत्येक मुस्लिमले जनही एक किलो सात सय ५० ग्राम गहुँको मूल्य बराबर फित्तराको रुपमा निकाल्नुपर्छ । जुन रकम गरिब र मदरसा (पाठशाला)मा खर्च गर्नुपर्छ । यो रकम ‘इद’ को नमाज पढ्नुभन्दा पहिले नै निकाली सक्नुपर्छ । अनिमात्र उसले धारण गरेको व्रत ‘रोजा’ कायम हुने धार्मिक मान्यता छ ।

    जकात भने आफूसँग भएका नगद र सुन तथा चाँदीको मूल्य बराबरमा अढाइ प्रतिशत निकाल्नुपर्छ । जकात र फित्तरा संसारभरका मुस्लिमहरुमा लागू हुन्छ

    रमजान महिनामा मुस्लिमले नियमितरुपमा दिनमा पाँच पटक पढ्ने नमाजसँगै तराबी नमाज (विशेष नमाज) पढ्ने गर्दछन् । तराबी नमाज धार्मिक ग्रन्थ ‘कुरान’ कण्ठस्त भएका हाफिजले मात्र पढाउन सक्छन् । तराबी नमाज दैनिक २० रिकातको हुन्छ । रोजा व्रत सुरु हुने अघिल्लै दिनबाट तराबी नमाज सुरु हुन्छ । तराबी नमाजमा जुन दिन ३० पाराको कुरान वाचन सकिन्छ त्यही दिन तराबी नमाज समाप्त हुन्छ । तराबी नमाज पढाउने हाफिजलाई सो दिन मानिसहरुले उपहार दिने चलन छ ।

    इटहरी इन्टरनेसनल कलेजमा आइटी प्रथम वर्षमा अध्ययनरत २० वर्षीय मोहम्मद अर्ज अलीले रोजा बस्दा मुस्लिम भएको गर्व महसुस हुने सुनाउनुहुन्छ । उहाँले लगभग १६ घण्टा निराहर बस्नुपर्ने यो र पर्वमा रोजा बस्दा कष्ट भए पनि जीवनमा आनन्द प्राप्त भएको र आफूले ११ वर्षको उमेरदेखि नै प्रत्येक वर्षको रोजा व्रत पूरा गर्दै आएको जनाउनुभयो ।

    मोरङ बूढीगङ्गा गाउँपालिकाको पोठिया निवासी ९ वर्षीया फातिमा हबिवाले यो वर्ष एक र गएको वर्ष पनि एक रोजा बसेको सुनाउनुभयो । रोजा बस्दा भोक त लागेन र तिर्खा धेरै लाग्ने गरेको अनुभव सुनाउनुभयो ।

    मेरो बुबा हाफिज र मौलान दुवै हुनुहुन्छ उहाँले सधैँ कुरान पाठ गर्नुहुन्छ । अर्बी भाषामा भएकाले यसको अर्थ मैले नबुझे पनि मस्लिमले पढ्नुपर्ने ग्रन्थ भएको बुबा सलमान मिफताहीले सुनाउनुहुन्छ भन्नुभयो ।

    इदको दिन नयाँ लुगा र समुदायमा पाक्ने परिकारका बास्नाले झन रमाइलो हुने गरेको विराटनगर सरोचिया निवासी मोहम्मद गुल्जारको अनुभव छ । उहाँले आजको दिनमा आम मानव जातिमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्दै अल्लाहसँग प्रार्थना पनि गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.