सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्णः प्रधानमन्त्री


  •    न्युजभित्तो/२८ चैत्र २०८०, बुधबार १५:३८ 
  • भक्तपुर, २८ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । 

    आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उहाँले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बाउनुभयो । 

    विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाले ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्वपूर्ण योगदान गरेका छन् ।”

    विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छाँ ।”

    आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो । 

    नेपालका सामु बहुआयामिक द्वन्द्व, जलवायु परिवर्तनका असर तथा विभिन्न महामारी जस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिम रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताउनुभयो ।

    सुरक्षा र विकास एकअर्काका परिपूरक भएको भन्दै उहाँले समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने अपरिहार्यतालाई  नेपाली सेनाले पूरा गर्दै आएको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा अप्रत्यक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र सम्वद्र्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास लिएको छु ।”

    उहाँले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो । 

    अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ठ हुने सिस ६१ का दीपेन्द्र कडायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्ट हुनेहरु सिंस। ५१ का विवेक अधिकारी र मिनिष खड्का, अन्तराष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गर्नुभयो । 

    अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक एक जनाले तालिम पूरा गर्नुभएको छ । कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.