सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग


  •    न्युजभित्तो/२५ चैत्र २०८०, आईतवार १२:२२ 
  • काठमाडौँ, २५ चैत । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम सङ्कलन गरेको छ ।

    गोरखा समाज अष्ट्रेलियाको निमन्त्रणा एवं आयोजनामा गत फेब्रुअरी १२ देखि मार्च २५ तारिखसम्म अष्ट्रेलियाको सात राज्यका विभिन्न १० स्थानमा गरिएको कार्यक्रममा नगद रु ५० लाख र प्रतिवद्धतास्वरुप रु एक करोड २० लाख प्राप्त भएको मानवसेवा आश्रमले जनाएको छ ।

    मानवता प्रवर्द्धनको उद्देश्यले आयोजित आमा सेमिनार एवं अन्तरक्रिया कार्यक्रमहरुमा करिब एक हजार पाँच सय जना अष्ट्रेलियावासी नेपाली उदारमनाहरुको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    अष्ट्रेलिया अभियानमा १० जना अष्ट्रेलियावासीले मानवसेवा आश्रमको निर्माणाधीन भवनहरुमा एक कोठा निर्माण सहयोगार्थ रु पाँच लाख ११ हजार एक सय ११ योगदान गर्नुभएको छ ।

    यसैगरी वार्षिक भोजन सेवा सदस्यता २० जनाले, छ जनाले बालगोपाल बाबुनानीको अभिभावकत्व, चार जनाले आमाबुबाको छोराछोरी बन्ने प्रतिबद्धता गर्नुभएको छ भने ९० जनाले आश्रमको आजीवन सहयोगी सदस्यता लिनु भएको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणाको लक्ष्य लिएर सेवामा समर्पित मानवसेवा आश्रमको सेवा प्रवाहमा अष्ट्रेलिया यात्राले थप हौसला प्रदान गरेको संस्थाको संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

    उहाँका यसरी नेपाल, कतार, बेलायत र अष्ट्रेलियामा भव्यताको साथ सम्पन्न भएको मानवसेवा आश्रमको कार्यक्रम आगामी मे ५ तारिखमा पुनः बेलायतमा हुन गइरहेको छ भने अरु देशहरुमा पनि कार्यक्रमको तयारी भइरहेको छ । बेलायतमा हुने कार्यक्रममा प्रसिद्ध गायिका आनीछोइङ डोल्मा सहभागी हुनुहुनेछ ।

    विगत १० वर्षदेखि नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा विभिन्न कारणहरुबाट कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलन एवं परिवार पत्ता नलागेकाहरुको सहारा बन्दै आएको छ ।

    नेपालभर सात प्रदेशको १९ वटा जिल्लाहरुमा २४ वटा सेवा केन्द्र सञ्चालन भई आजको दिनमा एक हजार सात सयभन्दा बढी असहायले प्रत्यक्ष नाना, खाना, छाना, स्वास्थ्य र शिक्षाको सेवा प्राप्त गरिरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.