सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति


  •    न्युजभित्तो/१६ चैत्र २०८०, शुक्रबार १३:२७ 
  • काठमाडौं, १६ चैत । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा लिइएका दुई विषयका परीक्षाका उत्तरपुस्तिका हराएपछि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

    त्रिवि कार्यकारी परिषदको बिहीबारको बैठकले उत्तरपुस्तिका हराएको विषयमा विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। त्रिविका पूर्वरजिस्ट्रार प्रा।डा। चन्द्रमणि पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

    गत वैशाखमा भएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो।

    विद्यार्थीका उत्तरपुस्तिका हराएको विषयमा सञ्चार माध्यमहरूमा खबर प्रकाशित भएको थियो। त्रिविले उत्तरपुस्तिका हराएको सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशितरप्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

    त्रिविले उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने तयारी गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.