सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर


  •    न्युजभित्तो/१५ चैत्र २०८०, बिहीबार ११:१३ 
  • तनहुँ, १५ चैत । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिनुभयो ।

    “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जर्मनी, श्रीलङ्का, ताइवानी स्पेनलगायत देशबाट दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् ।”

    कोरोनाको समयपछि यहाँका होटल व्यवसायले विस्तारै गति लिन थालेकाले व्यवसायी उत्साहित भएर लागेको उहाँले बताउनुभयो । “पछिल्लो समय विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या केही घटेको छ”, उहाँले भन्नुभयो, “दैनिक करिब तीन सयको सङ्ख्यामा स्वदेशी पर्यटक आउने गरेका छन् ।”
    त्यसैगरी साहसिक खेल प्याराग्लाइडिङले बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढाएको छ । बन्दीपुरको भञ्ज्याङ चौताराबाट सिमलटारसम्म गरिने प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको हो ।

    समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको भञ्ज्याङ चौताराबाट उडान सुरु भई करिब १०० मिटरसम्मको उचाइमा मुकुन्देश्वरी डाँडा छेउ हुँदै मनोरञ्जन लिन सकिनेछ । उडानका क्रममा बन्दीपुरको ‘एरियल भ्यु’का साथै मस्र्याङ्दी उपत्यका धौलागिरिदेखि लाङ्टाङसम्मको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ ।

    विगत पाँच वर्षदेखि यो प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । ब्लुस्काइ कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरी मनोरञ्जन प्रदान गर्दै आएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । प्याराग्लाइडिङका लागि फागुन, चैत र वैशाख महिना उत्तम मौसम मानिने भएकाले पर्यटकको चहलपहल बढ्न थालेको हो । उक्त स्थानबाट ३०÷४० जनासम्म उड्नसक्ने क्षमताको रहेको छ । उड्नुअघि गाउँपालिकाबाट अनुमति लिनुका साथै प्रतिव्यक्ति रु एक हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

    नेवारी तथा आदिवासी जनजातिका संस्कृतिसँगै प्राकृतिक छटाले भरिपूर्ण बन्दीपुरमा सयौँ वर्ष पुरानो बजार, मठ, मन्दिर, गुफा, आँखै अगाडि देखिने हिमालको मनोरम दृश्य तथा साहसिक गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ । प्रि–बुकिङमार्फत १५ देखि ३० मिनेटको उडान र त्यसभन्दा माथि ४५ मिनेटदेखि करिब एक घण्टासम्मको उडान चरा झैँ उडेर गर्न प्याराग्लाइडिङ पाइलट समय प्रधानले बताउनुभयो ।

    बन्दीपुरमा स्थायी घर भएका प्रधानले समय र मौसम अनुकूल प्याराग्लाइडिङको मज्जा लिन सकिने बताउनुभयो । हाल पोखरामा प्याराग्लाइडिङ सेवामा कार्यरत रहेका प्रधान निकट भविष्यमा बन्दीपुरमै प्याराग्लाइडिङको सेवा विस्तार गर्न आफू लागिपरेको उहाँले जानकारी दिनुभयो ।

    केही दिनअघि प्याराग्लाइडिङको अनुभव लिनुभएका बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले बन्दीपुरलाई साहसिक गन्तव्यस्थल बनाउन पर्याप्त सम्भावना रहेको बताउनुभयो । गाउँपालिकाले मात्रै बजेट व्यवस्थापन गरेर नपुग्ने भएकाले पर्यटन प्रवद्र्धनका लागि प्रदेश तथा सङ्घीय सरकारमा बजेट व्यवस्थापनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.