सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खप्तडमा साइकल यात्रा गरिने


  •    न्युजभित्तो/१४ चैत्र २०८०, बुधबार १३:३० 
  • गोदावरी (कैलाली), १४ चैत । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी अघि बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।

    आगामी वैशाखभित्रै साइकल यात्रा गर्ने गरी तयारी अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । खप्तडको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा रु १० लाख बजेट विनियोजन गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो ।

    सो साइकल यात्रा डडेल्धुरादेखि खप्तडको त्रिवेणीधामसम्म गरिने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्रामा सहभागी हुन चाहने व्यक्तिलाई कार्यालयको समन्वयमा ल्याउने काम भइरहेको बोहराको भनाइ छ । यसैगरी, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म चार दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण गर्न रु ९९ लाख ९९ हजार छ सय ७५ बजेट विनियोजन गरी ठेक्का सम्झौता भइसकेको जनाइएको छ ।

    सो कार्यका लागि कार्यालयले बोलपत्र आह्वान गर्दा रु ३८ लाख ५८ हजार छ सय ६८ दशमलव आठमा अपी सैपाल मार्मा कन्स्ट्रक्सन एन्ड सप्लायर्स मार्मा दार्चुलासँग ठेक्का सम्झौता गरिएको छ । खप्तडमा पर्यटकका लागि खाने बस्नेलगायत आवश्यक पूर्वाधार निर्माणसहितको सुविधा दिनसके आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि मात्र नभई प्रदेशको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेको जनाइएको छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको सङ्गमस्थलका रूपमा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.