सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाम र बझाङमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय


  •    न्युजभित्तो/१४ चैत्र २०८०, बुधबार १२:५६ 
  • काठमाडौँ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उम्मेदवारको नाममा छलफल बाँकी रहेको र आगामी बैठकमा आवश्यक निर्णय गरिने उहाँको भनाइ छ ।

    ती क्षेत्रका उम्मेदवारको नाम सिफारिस भएर आएपछि आवश्यक निर्णय हुने माओवादी केन्द्रले जनाएको छ । यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्तागठबन्धनमा आबद्ध दलहरुका बीचमा आवश्यक परामर्शपछि निर्णय गरिनेछ । बिहीबारसम्म प्रदेश सरकारका बारेमा टुङ्गो लगाउने तयारी छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.