सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यौन दुव्र्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’


  •    न्युजभित्तो/२ चैत्र २०८०, शुक्रबार १२:३५ 
  • काठमाडौँ, २ चैत ।  सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ ।

    सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुव्र्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ ।

    उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सयजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो ।

    उहाँले यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको जानकारी दिनुभयो । उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौनजन्य दुव्र्यवहार बढी हुने पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो ।

    साथै अपराधीलाई कानुनी कारबाही गर्न, सार्वजनिक स्थान र सार्वजनिक यातायातमा महिला बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनाबारे खुलेर आवाज उठाउनसक्ने बनाउन तथा पीडकलाई कानुनी कारबाही गर्ने उद्देश्यले उक्त अभियान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउनुहुन्छ । उहाँले उक्त अभियानले सकारात्मक प्रभाव परिरहेको र अझै प्रभावकारी बनाउने योजनाका साथ प्रहरी लागेको बताउनुभयो ।

    यसका लागि आठ टोली बनाएर उनीहरुलाई सादा पोसाकमा परिचालन गर्ने गरिएको छ । टोली आफ्नो तोकिएको क्षेत्रमा सूक्ष्म निगरानी गरी त्यस्ता गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने र कारबाहीको दायरामा ल्याउन सक्रिय भइरहेका छन् । अहिले बढी भीडभाड हुने समय बिहान ८ देखि मध्याह्न १२ र अपराह्न ३ देखि साँझ ७ बजेसम्म टोली परिचालिन हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.