सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनालको उम्मेदवारी


  •    न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार १७:१४ 
  • चितवन । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनालले उम्मेदवारी दर्ता गर्नुु भएको छ । नेपाल जेसीजको सचिवालयमा उहाँले सन् २०२० को अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्नु भएको हो ।

    आगामी पुष ९ गतेबाट रत्ननगर जेसीजको आतिथ्यतामा पूर्वी चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनका लागि खनालले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभएको छ । खनाल यसअघि नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष, राष्ट्रिय महासचिव, राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय अध्यक्षका सल्लाहकार भएर काम गरिसक्नु भएको छ । उहाँ चितवनको बीसहजारी जेसीजको पूर्व अध्यक्ष हुनुहुन्छ ।

    स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएका खनाल प्रखर युवा वक्ताका रुपमा चिनिनुहुन्छ । खनालले आफु निर्वाचित भएमा जेसीजको गरिमालाई थप उचाईमा पुर्याउने बताउनुभएको छ ।

    देशभरमा जेसीजका १ सय ५२ वटाशाखा रहेका छन् । ती हरेक शाखावाट ११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएर मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.