करिब ५ महिनापछि वर्षा, उच्च पहाडमा हिमपात, आज के हुन्छ ?
न्युजभित्तो/११ फाल्गुन २०८०, शुक्रबार ११:३१
काठमाडौँ, ११ फागुन । काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा करिब ५ महिनापछि हल्का वर्ष भएको छ । असोजको दोस्रो सातादेखि वर्षा भएको थिएन ।
काठमाडौ उपत्यका आसपासका उच्च पहाडमा हल्का हिमपात समेत भएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।