सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको माडीमा बाख्रा पाल्ने किसानलाई नगरपालिकाको अनुदान


  •    न्युजभित्तो/४ कार्तिक २०७६, सोमबार १७:१३ 
  • भरतपुर । चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो ।

    पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । “किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माण गरिरहेका छौँ”, ढकालले भन्नुभयो, “किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौँ ।” तिहार अगाडि नै कार्यविधि निर्माण गरी अनुदान दिइनेछ ।

    नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई रु १० लाख बीउ पूँजीसमेत दिइने बताउनुभयो । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरीद गरी व्यावसायिक बन्न मद्दत पुग्ने उहाँको विश्वास छ । यसले नगरभित्रका न्यून आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने ढकालले बताउनुभयो । बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदै गएको छ । विगतमा आफैँलाई मासु पुर्याउन यहाँका बासिन्दालाई धौधौ हुने गरेको थियो । अहिले माडीका किसानले मासु बिक्री गरिरहेका छन् ।

    माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फार्म स्थापना गर्नुभएका नीलकण्ठ काफ्ले बाख्रापालनको सम्भावना राम्रो भएको बताउनुभयो । उहाँ छ वर्षदेखि बोयर जातको बाख्रापालन गर्दै आउनुभएको छ । “बजारको समस्या छैन”, काफ्लेले भन्नुभयो, “अनुदानको व्यवस्था भएपछि थप राहात मिलेको छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.