सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका मन्दिरमा चढाइयो तीन सय तीन तोलाका गरगहना


  •    न्युजभित्तो/४ फाल्गुन २०८०, शुक्रबार १६:०८ 
  • गलकोट, ४ फागुन । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिरमा चढाइएको सुन तथा चाँदीका गरगहना सार्वजनिक गरिएको छ ।
    बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गर्दै २०७८ असोज १२ देखि हालसम्म ३० प्रकारका तीन सय तीन तोलाका विभिन्न गरगहना सङ्कलन भएकोे जनाएको हो । उक्त मन्दिरले मासिकरुपमा आयव्यय विवरणसमेत सार्वजनिक गर्दै आएको छ । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी हुने लक्ष्यले उक्त जिन्सी सार्वजनिक गरिएको बताउनुभयो ।
    सार्वजनिक विवरणअनुसार गुठीले ३० भन्दा बढी प्रकारका गरगहना सार्वजनिक गरेकामा १७ थान सुनको तिलहरी, एक थान सुनको सिक्री, सात थान सुनको टीका, तीन थान मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, जन्तर, नाग र तारलगायत छन् ।

    त्यस्तै चाँदीमा तिलहरी, घोडा, औँठी, पाउजुजस्ता धेरै गहना मन्दिरमा चढाइएको थियोे । विसं २०७७ अघि मन्दिरमा चढाइएका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउनु पथ्र्योे । त्यसयता दुई पटकसम्म गरगहना सार्वजनिक भइसकेको उहाँको भनाइ थियो । विसं २०७७ यताका गरगहना बैंकको लकरमा राख्दै आइएकामा सुन र चाँदीका गरगहना सार्वजनिक कार्यक्रमै एकीकृत गर्न गालिएको थियो ।
    विसं २०७८ असोजयता सङ्कलन भएका सुन र चाँदीका गरगहनालाई गालेर तीन तोला ४५ लाल सुन र ३०० तोला ११ लाल चाँदी कायम गरेर बैंकमा दाखिला गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो

    “गुठी संस्थाने सङ्कलन भएका गरगहना एकीकृत गरेर राख्नु भनेपछि गालेर बैंकमा राख्न थालिएको छ, साना टुक्रा र टीकाजस्ता सुनका गरगहना राख्न असहज हुनेभएकाले गालेर एकमुष्ट राख्न थालिएको छ”, उहाँले भन्नुभयो, “बैंकको लकरमा सुरक्षिता राखिँदै आइएको छ, गुठी संस्थाले उक्त सुन र चाँदीलाई के गर्ने भनेर निर्णय गर्ला तर मन्दिरको पारदर्शिताका लागि गरगहना सरोकारवाला निकायको रोहवरमा पत्रकार सम्मेलनमार्फत सर्वाजनिक गर्र्दै आइएको छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूलप्रसादबाहेक सुन र चाँदीसहित अन्य धातुका गरगहना पनि चढाउने गर्छन् ।
    मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिन भेटी बेलुकी सार्वजनिक बोर्डमा लेख्ने र मासिकरुपमा पत्रकार सम्मेलन गर्ने चलन रहेको छ ।

    माघमा १९ लाख भेटी सङ्कलन
    माघ महिनामा उक्त गुठी व्यवस्थापन समितिले कूल रु १९ लाख ७२ हजार ८० आम्दानी गरेकामा रु २० लाख ३४ हजार आठ सय ६० रुपैयाँ खर्च भएको आम्दानी–खर्च विवरणमा उल्लेख छ ।
    माघ महिनामा आम्दानीतर्फ भेटीबाट रु १० लाख ८९ हजार तीन सय ६५, चामलबाट रु १६ हजार पाँच सय, बोकाबाट दुई हजार, कुखुराबाट रु दुई सय, सटर भाडाबाट रु तीन लाख १४ हजार चार सय आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरी विवाहबाट रु ११ हजार पाँच सय, आर्थिक सहयोगबाट रु ८३ हजार आठ सय ६५, परेवाबाट रु चार लाख ४५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्धबाट रु नौ सय, पण्डितबाट रु आठ हजार एक सय आम्दानी भएको उल्लेख छ ।

    खर्चतर्फ तलबभत्तामा रु तीन लाख ५७ हजार नौ सय, अतिथि सत्कारमा रु नौ हजार नौ सय ६०, पूर्वाधार विकास तथा निर्माणमा रु १४ लाख १५ हजार, पूजामा रु ६२ हजार, पोसाक छपाइ तथा वितरणमा रु ३० हजार, मेसिनरी तथा उपकरण खरिदमा रु ३१ हजार, खाद्यान्न तथा आवासमा रु ४१ हजार चार सय, मर्मतसम्भारमा रु २५ हजार, विज्ञापनमा रु दुई हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु ६१ हजार छ सय खर्च भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.