सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्यालेन्टाइन डे– झण्डै साढे तीन करोड रुपैयाँको गुलाबको कारोबार, ९० प्रतिशत भारतबाट आयात


  •    न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार १३:३१ 
  • काठमाण्डौ, २ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ। एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस हिसाबले भ्यालेन्टाइन डेको बेलामा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ ।

    एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात गर्नुपरेको बताउनुभयो । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उहाँको भनाइ छ । उपाध्यक्ष पन्तका अनुसार कुल मागको ६० प्रतिशत काठमाण्डौ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने गरेको छ ।

    नेपालमा वैशाखदेखि गुलाबको फूल उत्पादन हुने र स्थानीय उत्पादनले नै बजारको माग धान्ने उहाँको भनाइ छ । तर विशेष गरी प्रणय दिवस एक हप्ताअघिदेखि नै नेपालमा पनि मनाउने चलन रहेको हुँदा प्रेमको प्रतीक मानिने रातो गुलाबको फूलको माग र कारोबार बढ्ने भएकाले यो समयमा भारतबाटै आयात गर्नुपर्ने एसोसिएसनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.