सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महामञ्जुश्रीमा मन्दिरमा बिहानैदेखि घुइँचो


  •    न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार १२:३२ 
  • भक्तपुर, २ फागुन । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए ।

    महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड लाग्ने गर्दछ । आज विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक शिक्षिका बिहानैदेखि दर्शन एवं पुजाका लागि मन्दिर पुगेका थिए ।

    त्यसैगरी आजै चाँगुनारायण–१ सरस्वतीखेलस्थित सरस्वती मन्दिरमा पनि उपत्यकाबाट आएका दर्शनार्थीको भीड लागेको छ । सरस्वती मन्दिरकै नामबाट गाउँको नाम रहन गएको यो ठाउँमा बिहानैदेखि भीड लागेको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

    यस्तै भक्तपुर नगरपालिकाको भेलुखेलस्थित सरस्वती मन्दिर, नागपोखरीको सरस्वती मन्दिर, च्वङापाखा ९सल्लाघारी० को सरस्वती मन्दिर, सूर्यविनायक नगरपालिका–१० चित्तपोलको सरस्वती मन्दिरलगायतका मन्दिरमा दर्शनार्थी पुगेका छन् । आजै काठमाडौँको स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा पनि भीड लाग्ने गर्दछ ।

    सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग ९मुख० बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी ९वाक् देवी० पनि भनिएको हो । काठमाडौंका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन तथा विद्यार्थीको घुइँचो लागेको छ ।

    स्वयम्भुनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भीड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र वुद्धि धेरै हुने जनविश्वास रहीआएको छ ।

    चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् ।
    विद्या र सृजनाकी देवी भएकाले सबैले आ–आफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिकले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.