सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौद्रिक नीति समीक्षा पारित गर्न साँझ राष्ट्र बैंकको बोर्ड बैठक बस्ने


  •    न्युजभित्तो/२९ माघ २०८०, सोमबार ११:०१ 
  • काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

    गभर्नर कार्यालय स्रोतका अनुसार साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसकेको, चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरीएको छ ।

    विदेशी विनिमय सञ्चित बढ्दैमा अर्थतन्त्र सुधार नहुने भएकाले अब आर्थिक गतिविधि चलायमान गर्ने दिशातिर नीति लक्षित गर्नुपर्ने बेला आएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा। प्रकाशकुमार श्रेष्ठले बताए । यस्तोमा मौद्रिक नीति समीक्षाले कर्जा विस्तारमार्फत आर्थिक गतिविधि चलायमान गर्न जोड गर्ने आँकलन गरिएको छ ।

    यस्तै पूँजीकोषको दबाब कम गर्न केही कर्जाको जोखिम भार पुनरावलोकन गर्नेजस्ता विकल्पमा पनि राष्ट्र बैंक जानसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने विनियमावली र कार्यविधि संशोधन गरिसकेकोले मौद्रिक नीति समीक्षाबाट निक्षेप संकलन दर सहित ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर समेत हेरफेर हुनसक्ने स्रोतले जनाएकोछ ।

    राष्ट्र बैंकले लगातार तरलता खिच्नु परेकाले त्यसको लागत उच्च दरमा बढेको छ । हाल अधिक तरलता भएकाले नीतिगत दरहरू घटाएमा सरकारी आन्तरिक ऋणको लागत पनि अझै तल आउनसक्छ । जसले गर्दा नीतिगत दरहरु अझै केही घट्ने सम्भावना छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.