सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल प्रहरीमा जागिर छाड्नेको लर्को


  •    न्युजभित्तो/२५ माघ २०८०, बिहीबार ११:२७ 
  • काठमाडौं, २५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो । यही माघ १२ गते विमानस्थलमा अध्यागमनका अधिकृत र प्रहरी कर्मचारीबिच हातपातको घटनामा संलग्न प्रहरीलाई कारबाही र अध्यागमन कर्मचारीलाई उन्मुक्ति दिन सिफारिस गरिएको भन्दै असन्तुष्ट चन्दले राजीनामा दिएको चर्चा चलेको थियो ।

    यसअघि गत फागुन १० गते डिआइजी अशोक सिंहले राजीनामा दिनुभएको थियो । ११ चैत २०७२ मा नियुक्ति हुने ३० औं प्रहरी प्रमुखका दाबेदार मानिएका सिंहको जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा आएको थियो ।
    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा आफूलाई पछाडि पारेर कनिष्ठलाई सिफारिस गरेपछि तत्कालीन प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले गत वैशाख १७ गते राजीनामा दिए । त्यसअघि २०७५ साल माघ २५ गते एसपी नरेन्द्र उप्रेतीले पनि यही आरोप लगाएर पदबाट राजीनामा दिए।

    नेपाल प्रहरीमा जागिर छाड्ने यो केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय नेपाल प्रहरीमा विभिन्न कारण देखाएर जागिर छाड्ने क्रम बढेको छ । गोरखापत्रमा खबर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.