सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारीको झगडाले विमानस्थलको छवि बिग्रने खतरा


  •    न्युजभित्तो/१५ माघ २०८०, सोमबार १३:५३ 
  • काठमाडौं, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् ।

    उनीहरूको काम, कर्तव्य र भूमिका फरक–फरक छ । पर्यटन मन्त्रालयअन्तर्गतको प्राधिकरणका कर्मचारीले विमानस्थलको व्यवस्थापन र सञ्चालन गर्छन् ।

    गृह मातहत प्रहरी र अध्यागमन रहन्छन्, जसले सुरक्षा र भिसा हेर्छन् । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार कर्मचारीले भन्सार चेकजाँच गर्छन् ।

    पछिल्लो समय तीन मन्त्रालयका कर्मचारीबीच उत्पन्न मनमुटावले विमानस्थलमा समस्या पैदा हुने देखिएको छ । कहिले प्रहरी र अध्यागमन कर्मचारी त कहिले भन्सार र अध्यागमन कर्मचारीबीच मनमुटाव देखिएको छ ।

    केही समयअघि भन्सारबाट फुत्किएको ‘ब्रेक सु’भित्रको सुन प्रहरीले बरामद गरेपछि उनीहरूबीच ‘शीतयुद्ध’ चलेको थियो । उक्त मनमुटावले ठूलो रूप लिँदा गएको शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट नै भयो ।

    शुक्रबार दिउँसो विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहाल भएको थियो । प्रहरीका अनुसार, अध्यागमनका कर्मचारी र प्रहरीबीचको टकराबको नाभी भने भ्रमण प्रवेशाज्ञा ९भिजिट भिसा०सँग जोडिएको छ ।

    भिजिट भिसामा खाडी मुलुक जाने तर अवैध तरिकाले उतै लुक्ने घटना बढेपछि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सक्रियता बढाएको छ । भिजिट भिसामा जाने यात्रुमाथि चेकजाँचमा कडाइ मात्र गरिएन, त्यसको ‘सेटिङ’मा संलग्न अध्यागमनका कर्मचारीलाई पक्राउ गरियो ।

    नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान कार्यालयको टोलीले मंसिर २६ गते अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । नक्कली कागजातका आधारमा भिजिट भिसा बनाउँदै पठाउने गिरोहमाथि काठमाडौं प्रहरीले किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरेको थियो । संगठित अपराधमा मुद्दा चलाउन काठमाडौं प्रहरीले आइतबार अनुुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

    पक्राउ परेका अध्यागमन अधिकृत खड्का, अध्यागमनबाट हाल सरुवा भई गृह मन्त्रालय पुगेका अधिकृत ताराबहादुर कुँवरसहित अरू सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ । त्यही कारण विमानस्थल अध्यागमनका कर्मचारी प्रहरीसँग असन्तुष्ट छन् ।

    पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले भिजिट भिसामा जानेहरूसँग सेटिङ मिलाएर रकम उठाउन छुट्टै ‘टिम’ बनाएको र त्यो सबै कर्मचारीले बाँडेर लिने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

    प्रहरीले मंसिरमा मात्र भिजिट भिसामा सेटिङ गरेर पठाउने अध्यागमनका कर्मचारी, ट्राभल, कन्सल्ट्यान्सी र म्यानपावरका सञ्चालकसहित ३२ जनाभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाएको थियो ।

    नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट एक दिनमै करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ । यही मनमुटावका कारण शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहालको माहोल बन्यो ।

    गएको पुस १८ गते पनि विमानस्थल अध्यागमनका कर्मचारीले हड्ताल गरेका थिए । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै कर्मचारी हड्तालमा उत्रिएका थिए ।

    उनीहरू पुस १८ गते बिहान ११ देखि मध्याह्न १२ः३० बजेसम्म कार्यकक्षमा उपस्थित भएनन् । त्यसै दिन साँझ ५ बजेपछि पनि अध्यागमनको भन्सार चेकजाँचमा रहेका कर्मचारी कार्यकक्षमा उपस्थित भएनन् । त्यसको प्रत्यक्ष मारमा यात्रु परे ।

    भन्सार बन्द हुँदा विमानस्थलमा यात्रुले सास्ती भोग्नुपर्‍यो । भन्सार चेकजाँच गर्ने ठाउँमा कर्मचारी नहुँदा यात्रु विमानस्थल बाहिरै उभिए । भित्रका यात्रु पनि बाहिर आउन पाएनन् ।

    विमानस्थलको छवि बिग्रँदै
    यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमै नराम्रो सन्देश गएको विमानस्थलका एक उच्च अधिकारीले बाह्रखरीसँग बताए । व्यक्तिगत विवादले ठूलो रूप लिँदा ‘एयरपोर्ट अपरेसन फ्यासिलिटी’मा असर पर्न सक्ने ती उच्च अधिकारीको भनाइ छ ।

    बारम्बार यस्ता विवादले एयरपोर्ट सेवा सुरक्षामा असर पर्ने उनले बताए । यसले विमानस्थलको छवि बिग्रने उनले सुनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.