सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ संरचनाले फेरियो विद्यालयको स्वरुप, विद्यार्थीका आकर्षण बढ्दै


  •    न्युजभित्तो/१४ माघ २०८०, आईतवार ११:१९ 
  • वालिङ, १४ माघ । पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् ।

    स्याङ्जाको वालिङ नगरपालिका–१२ डाडाखर्कमा रहेको चक्रदेवी आधारभूत विद्यालयलले शिक्षाको गुणस्तरसँगै संरचनामा पनि परिवर्तन गरेको छ । जसका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको छ भने अभिभावकहरुको पनि विश्वास जित्दै गएको छ ।

    शिक्षामा सुधार ल्याएपछि बच्चा पढाउनकै लागि बजारमा बसाई सर्ने क्रममा कमी आएको स्थानीयको अनुभव रहेको छ । विद्यालयका अभिभावक सुदिप थापा मगर भन्नुहुन्छ, “गाउँमा नै राम्रो शिक्षा पाउने भएपछि बजार झर्ने क्रममा कमी आएको छ ।” आफ्ना छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउँदा गर्व लागेको उहाँको भनाइ छ ।

    कक्षा ८ सम्म पढाई हुने विद्यालयमा ७६ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पछिल्ला केही वर्षमा विद्यार्थीको सङ्ख्या बढेको छ । अन्य विद्यालय चक्रदेवीमा गाभिन जोड गर्छन् भने विद्यार्थीहरुको आकर्षण पनि बढ्दो छ ।

    विद्यालयमा पछिल्लो समय निर्माण गरिएका भौतिक संरचना र पठनपाठनको शैलीमा गरिएको परिवर्तनले विद्यार्थीहरुको आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पकाश डुम्रेले बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले संरचना निर्माणसँगै शैक्षिक क्रियाकलापमा पनि सुधार गरेका छौं, जसको प्रभाव देखिन थालेको छ ।”

    विद्यालयमा चार कोठे पक्की भवन, स्वागत गेट, आधुनिक शौचालय, खानेपानी ट्याङ्की र कम्प्युटर ल्याब जस्ता संरचना निर्माणमा भएका छन् । एक करोड ३३ लाखको लागतमा निर्माण गरिएका संरचनाहरुले विद्यालयको स्वरुप नै फेरिदिएको छ । पुरानो र भत्किन लागेको कोठामा बसेर पढ्नु पर्दा विद्यार्थीलार्ई मात्रै होईन शिक्षकलाई पनि जागर चल्दैन थियो विद्यालयका प्रधानाध्यापक तुलसीराम डुम्रेले भन्नुभयो, “अहिले शिक्षक र विद्यार्थी दुवै उत्साहित छौं ।” विद्यालयमा नौ जना शिक्षकशिक्षिका रहनु भएको छ ।

    विद्यालयमा निर्माण गरिएका संरचनाहरुको संयुक्त उद्घाटनपछि शिक्षा विकास समन्वय ईकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले नमुना विद्यालयको रुपमा परिणत भएको बताउनु भयो । पछिल्लो समय पढाईको गुणस्तरमा सुधार गरेको विद्यालयमा भौतिक संरचना पनि राम्रो रहेको बताउनु भयो ।

    केही समय अगाडिसम्म टिनको पाताबाट पानी चुहिने विद्यालय आज आधुनिक भवनसँगै गुणस्तरीय शिक्षा दिन सक्ने बन्नु महत्त्वपूर्ण विषय रहेको प्रमुख आचार्यको भनाइ छ ।

    कार्यक्रम जग्गादाता, चन्दादाता, अक्षयकोष दाता, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्वप्रअहरु, शिक्षकहरु, जनप्रतिनिधि तथा हालका जनप्रतिनिधि, ज्येष्ठ नागरिक, विद्यालयमा पढेर विभिन्न ओहोदामा पुगेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.