सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण, १५ किलो सुन, १८ हजार हिरा र पन्ना


  •    न्युजभित्तो/९ माघ २०८०, मंगलवार १४:३३ 
  • अयोध्या, ९ माघ । अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरियो । मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ ।

    आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको आधारमा वस्त्र तयार पारिएको छ । रामायण, श्रीमद् वाल्मीकि रामायण, श्रीरामचरितमानस र आलवन्दार स्तोत्र अध्ययन गरेर सोमा वर्णन गरिएको श्रीरामको रूप र पहिरनबारे सोध खोज गरेर तयार पारिएको बताइएको छ । मूर्तिमा टिका, मुकुट, ४ वटा हार, कमरबन्द, दुई जोडी पाउजु, विजय माला, दुई ओटा औठीसमेत कूल १४ वटा आभूषण लगाइएको छ । यी सबै आभूषण १२ दिनमा तयार पारिएको थियो । लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सले आभुषण तयार पारेको हो ।

    मुकुट १ किलो ७०० ग्राम सुनले बनाइएको छ । यसमा ७५ क्यारेटको हिरा, १७५ क्यारेटको पन्न, २६५ क्यारेट रुबी, माणिक्य लगाइएको छ । मूर्तिमा पन्ना र माणिक्यका दुई औँठी छन् । २ किलो सुनको माला, ७५० ग्राम सुनको कमरबन्द, एक किलो सुनको धनुवाण राखिएको छ । सबै आभूषणमा पनि ठूलो मात्रामा सुन, हिरा र पन्नाको प्रयोग भएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.