स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै कटन क्याण्डी नखान र बिक्री नगर्न सरकारको आग्रह
न्युजभित्तो/८ माघ २०८०, सोमबार १२:१८
काठमाडौँ, ८ माघ । कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग रोडामाइन बी प्रयोग भएको पाइएको हो ।
क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग भेटिएपछि विभागले खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डी नखान आग्रह गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै विभागले सूचना जारी गर्दै कटन क्याण्डीको उपभोग नगर्न तथा आफ्नाबालबालिकाहरुलाई समेत नदिन अनुरोध गरेको छ ।
साथै अखाद्य रंगको प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन पनि विभागले भनेको छ । यदि यो निर्देशनको पालना नभएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।