सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट


  •    न्युजभित्तो/३ माघ २०८०, बुधबार १६:२५ 
  • काठमाडौँ, ३ माङ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।

    आज तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ ।

    आज बैंकिङ समूह शून्य दशमलव ४०, विकाश बैंक शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव २८ र अन्य समूह एक दशमलव ९४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५१ र जलविद्युत समूह दुई दशमलव ८० प्रतिशतले घटेको छ ।

    ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल वेयर हाउसिङ लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्कीट लागेको छ ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ६५ करोड ८४ लाख ९० हजार दुई सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल ग्रोथ फन्डको १५ लाख २७ हजार नौ सय ५० किता सेयर कारोबार भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.