सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिकटक प्रतिबन्ध विरूद्धका रिट सर्वोच्चले हेर्न भ्याएन


  •    न्युजभित्तो/४ मंसिर २०८०, सोमबार १५:१७ 
  • काठमाडौं, ४ मंसिर । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ ।

    न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ।

    समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो । आज न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुईवटा इजलास परेका थिए ।

    एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने थिया े। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थाल्यो । उक्त इजलासमा परेका मुद्दाहरू नसकिएपछि एकल इजलास नै बस्न नभ्याएको देखिन्छ।

    कुमार चुडालको एकल इजलासमा परेका सबै मुद्दाहरू आज हेर्न नभ्याइने सर्वोच्चले वेभसाइटमार्फत जानकारी दिएको छ । गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
    सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल ’स्वागत’, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दिएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.