सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छठको पूजा गर्न तीन सय घाट निर्माण


  •    न्युजभित्तो/३ मंसिर २०८०, आईतवार ११:२३ 
  • दमक (झापा) ३ मंसिर । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए ।

    छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यो सबै नेपालीको साझा पर्व हो ।”
    दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिनुभयो । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ”, उहाँले भन्नुुभयो ।

    छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ ठाउँमा शौचालय निर्माण गरिएका छन् । मैथिली सेवा समितिले संस्थागत रुपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.