सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि


  •    न्युजभित्तो/१९ कार्तिक २०८०, आईतवार १५:३० 
  • काठमाडौं,१९ कात्तिक । आईसीसी टी(२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा अभिनाष बोहोराको बलमा ओमानले २१ रन जोडेको थियो । नेपालले सुपर ओभरमा १० रन मात्र बनायो । यसअघि १८५ रनको लक्ष्य पाएको ओमानले १८४ रन मात्र बनाएपछि खेल सुपर ओभरमा गएको थियो । ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, अकिब सुल्हेरीले ३३, कप्तान जिसन मस्कुदले २६ र आयन खानले १० रन जोडे ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेल, गुल्सन झा र करण केसीले सानदार ब्याटिङ गरे । गुल्सनले २५ बलमा ५४ रनको सानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पौडेलसँग महत्त्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका थिए ।

    पौडेल ३७ बलमा ५२ रनको अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जोराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनको योगदान दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.