सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनामा इतिहासकै बढी पर्यटक भित्रिए, भारतबाट आए धेरै पर्यटक


  •    न्युजभित्तो/१५ कार्तिक २०८०, बुधबार १५:३३ 
  • काठमाडौं, १५ कात्तिक। अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् ।

    एक महिनामा नेपाल भित्रिएको पर्यटक इतिहासकै सबैभन्दा धेरै हो । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० को अक्टोबरमा एक हजार ८३१ पर्यटक नेपाल आएका थिए ।

    २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को अक्टोबरमा ५२ हजार १२१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक हेर्दा पर्यटक आगमनमा उत्साहजनक देखिएको छ ।

    कुन कुन देशबाट आए धेरै पर्यटक ?

    अक्टोबरमा सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    भारतपछि सबैभन्दा धेरै अमेरिकाबाट १४ हजार ८७९ पर्यटक नेपाल आएका छन् । यस्तै, तेस्रो मुलुक बेलायत रहेको छ । बेलायतबाट आठ हजार २१७ पर्यटक नेपाल आएका छन् ।

    चौथो स्थानमा रहेको चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.