सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिहारसम्ममा सबै राष्ट्रिय राजमार्ग मर्मत गरिने


  •    न्युजभित्तो/१४ कार्तिक २०८०, मंगलवार ११:२७ 
  • काठमाडौँ, १४ कात्तिक। भौतिक पूर्वाधार तथ यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडकममध्ये आधामा दसैँ पहिले नै मर्मत सकिएको र बाँकीमा तिहार अघिसम्म सकिने बताउनुभएको छ ।

    प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकमा उहाँले मुख्य राजमार्ग र काठमाडौँ उपत्यकाका धेरै सडकमा मर्मतको काम गरिसकिएको बताउनुभयो । चाडपर्वका लागि काठमाडौँ उपत्यका बाहिरिने नागरिकलाई सहज बनाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यात्रुले सजिलै टिकट पाएर आआफ्नो घर फर्कन पाएका छन् ।”

    दसैँमा नागरिकलाई यात्रामा सहज बनाउनका लागि घटस्थापनादेखि पूर्णिमासम्म हेभी सवारीमा रोक लगाइएको र सवारी जुनसुकै मार्गमा जान सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुभन्दा यो वर्ष दुर्घटना पनि कम भएको छ ।”

    समितिका सभापति दीपकबहादुर सिंहले सडक निर्माण गर्दा नै कम्तीमा १०÷१२ वर्षसम्म मर्मत गर्न नपर्ने गरी गर्नुपर्ने बताउनुभयो । निर्माणाधीन सडकमा धुँवा धुलोका कारण नागरिकले धेरै हैरानी बेहोर्नुपरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “खाना खाँदा खानामै धुलोका कण र पसलेले पसल खोल्दा सामानमा धुलोनै धुलो भइरहेको छ ।”

    भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँँभर पनि सडक विभाग र यातायत व्यवस्था विभागअन्तर्गतका कार्यालयले नागरिकका गुनासो सुन्ने र सम्बोधन गरेको बताउनुभयो । यो वर्ष तुलनात्मक रुपमा कम सडक दुर्घटना भएको र नागरिकले टिकट नपाउने समस्या कम भएको उहाँको दाबी थियो ।
    समितिका सदस्यहरु ठाकुर गैरे, प्रदीप पौडेल, शिव नेपाली, विना लामा, डा। चन्द्रकान्त राउत, दयालबहादूर शाही, निशा डाँगी, कल्पना चौधरी, प्रतिमा गौतम, निर्मला कोइरालालगायतले सडकको खराब अवस्था र सवारी अव्यवस्थित हुँदा नागरिकले सधैँ चाडपर्वको समयमा हैरानी बेहोरिरहेको औँलयाउनुभएको थियो । नारायणगढ–बुटवल, मुग्लिन–नागढुङ्गा, सिद्धार्थ राजमार्गलगायतका सडकमा धेरै समस्या रहेको उहाँहरुले बताउनुभयो । समिति सदस्यहरुले दसैँ मनाउन जाँदा र फर्कँदा सामान्यभन्दा दोब्बर बढी समय लागेको बताउनुभयो ।

    समितिले आजै ग्वार्कोस्थित फ्लाई ओभर, विस्तारका क्रममा रहेको कलङ्की–बसुन्धारा सडक र विष्णुमतीस्थित पुलको स्थलगत अवलोकन गरेको थियो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.