सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विकास बैंकहरुमा पहिलोपटक गरिमाले सुरु गर्यो क्रेडिट कार्डमा ईएमआई सेवा


  •    न्युजभित्तो/१९ आश्विन २०८०, शुक्रबार १७:०९ 
  • काठमाण्डौ, १९ असोज । नेपालमा करिब तीन दशकअगाडि सुरुआत भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सीमित नेपालीको मात्र पहुँच पुगेको देखिन्छ। क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदासम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आमजनमानसमा नपुगेको मान्न सकिन्छ।

    ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरुआत गरिसकेको छ। यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमाले विकास बैंकहरुमा नै पहिलोपटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुआत गरेको छ। 

    यसअन्तर्गत बैंकले सम्झौता गरेका बिक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०% ब्याजदरमा मासिक किस्ताका रुपमा तिर्न सकिनेछ। साथै, यदि ग्राहक आफैँले पनि अरु कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेस गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ। 

    आउँदै गरेको बडादसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधामार्फत लाभ उठाउन सक्नेछन्। बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ। 

    हाल गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.