सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छरुवा (डिआरएस)प्रविधिले धानको उत्पादन बढ्दो


  •    न्युजभित्तो/१९ आश्विन २०८०, शुक्रबार १३:०४ 
  • कञ्चनपुर, १९ असोज। बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुनुहुन्छ । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उहाँ लाग्नुभएको छ।

    धानको उत्पादन बढाउनका लागि उहाँले छरुवा धान खेती प्रणाली-डिआरएस अपनाउनु भएको छ । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छर्नुभएको हो ।

    “यस प्रविधिबाट धान रोप्न खेत हिल्याउनु पर्दैन”, कृषक मल्ल भन्नुहुन्छ, “रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

    एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट लगाइएको धानका लागि रु १५ हजारदेखि रु २० हजार कम लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्”, कृषक मल्ल भन्नुहुन्छ, “परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएकोे धानको उत्पादन दोब्बरले बढी भएको छ ।”

    चार बिघा जग्गामा छरुवा विधिबाट धान खेती गर्नुभएका उहाँमा धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने सोच पलाएको छ ।

    कृषक मल्लकै प्रेरणाले बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधि प्रयोग गरी एक हेक्टर जमिनमा धान खेती गर्नुभएको छ । उपकरणको प्रयोगबाट खेतमा धान छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

    “धानका बोटले गाँड फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्”, रावल भन्नुहुन्छ, “अर्को वर्षदेखि छिमेकका २५ किसानले यही प्रविधिबाट धान खेती गर्ने भएका छन् ।” डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।

    आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु”, कृषक रावल भन्नुहन्छ, “यसरी खेतमा धान झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।”

    पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्दै उहाँ अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताउनुहुन्छ । यस प्रविधिबाट धान खेती गर्दाप्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन हुने सेवा निवृत्त कृषक मल्लको भनाइ छ ।

    थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्ति प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घट्ने उहाँ बताउनुहुन्छ । “जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो हुँदै आएकोे छ”, कृषक मल्ल भन्नुहुन्छ, “परम्परागत प्रविधिले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधि उयुक्त छ ।”

    कृषक मल्लले आफूले मात्रै यस्तो प्रविधिबाट धान खेती नगरेर अरू किसानलाई पनि यसबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आउनुभएको छ ।

    बर्सात्का बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आउनुभएका कृषक मल्ल वर्षमा दुवै खेतीबाट रु १५ देखि रु २० लाख जति आम्दानी हुने गरेको बताउनुहुन्छ । उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कञ्चनपुर इकाइले मलखाद र बीउमा सहयोग पु¥याृँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.