सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीव्र गति र नियम उल्लङ्घन: दुर्घटनाको प्रमुख कारण


  •    न्युजभित्तो/१५ आश्विन २०८०, सोमबार १२:०५ 
  • काठमाडौँ, १५ असोज। सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन रहेको पाइएको हो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसका अलावा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै रहेको छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ ।
    यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उहाँले बताउनुभयो । “तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लङ्घन नै रहेको छ”, उहाँले भन्नुभयो ।

    यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उहाँले बताउनुभयो । यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ ।

    त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ ।

    जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताउनुहुन्छ । उहाँले सचेतना अभियान देशभरी सञ्चालन गर्न जरुरी रहेको औँल्याउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.