सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जलवायु परिवर्तनले कृषिमा असर, उत्पादन घट्ने


  •    न्युजभित्तो/८ आश्विन २०८०, सोमबार १४:२९ 
  • कावासोती, ८ असोज ।  जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रम वृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।  

    पहिले जैविक मल मात्र प्रयोग गरेर पनि राम्रो उत्पादन हुने भए पनि पछिल्लो समय रासायनिक मल राखेर खेती गर्दा पनि लागतअनुसारको उत्पादन नहुने गरेको कृषकको भनाइ छ । हरेक वर्ष देखिने नयाँ किरा र रोगको प्रकोपले पनि किसान समस्यामा छन् । 

    कावासोती वडा ९ का विष्णुप्रसाद पोख्रेलको आम्दानीको मुख्य स्रोत नै कृषि हो । कृषि कार्यमा लागेको दुई दशकभन्दा बढी भयो । उहाँको जमिनमा केही वर्ष यता उत्पादन घट्न थालेको उहाँले बताउनुभयो । पाँच वर्ष अगाडिसम्म १४ कठ्ठामा ४५ मुुरीसम्म धान उत्पादन भए पनि अहिले मुस्किलले २६–२७ मुरीसम्म उत्पादन हुनेगरेको उहाँले बताउनुभयो ।

    तीन खेती हुने जमिनमा अहिले एक खेतीमात्र हुनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले थोरै जग्गामा पनि राम्रो उत्पादन हुन्थ्यो । रासायनिक मलको प्रयोग नै गरिँदैनथ्यो । अहिले खेती रोप्ने समयमा पानी पर्दैन । धान फल्ने समयमा रोगले १४ कठ्ठामा धान सुकेर पहेँलो भएको छ । के भएको थाहै भएन ?”

    कावासोती –१२ का खेमप्रसाद काफ्ले १० वर्ष अघि खेती गर्दाको अनुभव सुनाउँदै भन्नुभयो, “त्यो समयमा हामीलाई यो रासायनिक मल भन्ने पनि थाहा थिएन । गाइभैँसीको मल राखेर खेती गर्दा उत्पादन पनि राम्रो हुन्थ्यो । अहिले रासायनिक मलबिना खेती नै हुँदैन । रोगको जोखिम उस्तै छ । यो सब जलवायु परिवर्तनले गर्दा भएको हो ।” 

    कृषि भूमि कम हुँदै जाँदा कृषिमा सीधा असर पुगेको उहाँको भनाइ छ । समयमा पानी नपर्नु, नयाँ–नयाँ रोगहरु कृषि क्षेत्रमा देखिनाले पछिल्लो समय किसानको उत्पादनभन्दा लागत खर्च बढी लाग्ने गरेको उहाँले बताउनुभयो । 

    नयाँ प्रजातिका वनस्पतिको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धिजस्ता समस्याहरू कृषिमा देखापर्दा किसान प्रत्यक्ष प्रभावित भएको देवचुली –११ का राजु चापागाईंको भनाइ छ । पाँच वर्ष अघिसम्म धान, मकै, तोरी लगाउने कृषकले अहिले एक खेती मात्र गर्नेगरेको बताउने गर्छन् ।      

    कृषिमा नयाँ–नयाँ प्रविधिको प्रयोग र हावापानीअनुरुपको बीउको प्रयोग गर्न सकेमा यसको जोखिम कम गर्न सकिने कृषि ज्ञान केन्द्र नवलपुरका बालीविद् मीरा चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तन तत्काल रोक्न सकिदैन । यो विश्वव्यापी समस्या हो । तर हामीले बदलिँदो हावापानी अनुसारको खेती लगाउने र प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ–नयाँ कृषि प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ । जसले उत्पादमा सहयोग गर्छ ।” 

    कृषिको उत्पादकत्व पूर्णरूपमा मौसम, जलवायु तथा पानीको उपलब्धतामा निर्भर हुन्छ । एकातिर जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परिराखेको छ भने अप्रत्यक्ष प्रभाव आय र अन्नको बढ्दो मूल्यसँग सम्बन्धित छ । कृषिका लागि माटो पनि जलवायुबाट प्रभावित भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.