सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ


  •    न्युजभित्तो/१९ भाद्र २०८०, मंगलवार १५:१४ 
  • काठमाडौं,१९ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो ।

    अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए । चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

    खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको हो ।

    साउन २१ देखि सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । संगठित तस्करी मुद्दामा अनुसन्धान गरिँदै छ । यसको अनुसन्धान गर्न सीआईबीसँग अब ११ दिन मात्र बाँकी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.