सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यी नदीको बहाव उल्लेख्य बढ्ने, १५ जिल्लामा बाढीको जोखिम


  •    न्युजभित्तो/७ भाद्र २०८०, बिहीबार ११:३५ 
  • काठमाडौं,७ भदौ । आज १० जलाधारका २३ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका विभिन्न नदीहरूको जलसतह उल्लेख्ये बढ्ने पूर्वानुमान् छ।

    महाशाखाका अनुसार सप्तकोशी नदी चतरामा, तमोर नदी त्रिवेणीमा, अरूण नदी  सिम्लेमा, दूधकोशी नदी रवुवाबजारमा, तामाकोशी नदी गुस्तीमा, सुनकोशी नदी हम्पचुवारमा, नारायणी नदी देवघाटमा, त्रिशूली नदी बेत्रावतीमा, बुढीगण्डकी नदी आरूघाटमा, मर्स्याङ्दी नदी विमलनगरमा, सेती नदी दमौलीमा, कालीगण्डकी नदी कुमालगाउँमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

    त्यस्तै कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती नदी दिपायलमा, महाकाली नदी पारिगाउँमा, कन्काई मैनाचुलीमा, कमला नदी बेलसोतमा, बागमती नदी पधेरादोभानमा, पूर्वी राप्ती रजैयामा, पश्चिम राप्ती कुसुममा र बबई नदीमा चेपाङमा उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

    आज विभिन्न २३ जिल्ला भएर बहने नदीहरूमा बाढीको जोखिम समेत रहेको महाशाखाले जनाएको छ।

    ईलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.पू), पाल्पा र आसपास भई बहने अधिकांश स-साना नदीहरूको बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.