सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह


  •    न्युजभित्तो/२१ श्रावण २०८०, आईतवार १२:२० 
  • काठमाडौं,२१ साउन । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । वर्षासँगै नदीमा जलसतह बढ्दै गएको हो । आज महाकाली नदीमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    यस्तै, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।

    झापा, इलाम, पाँचथर, तेहथुम, संखुवासभा, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा र दार्चुला भई बहने केही साना नदीहरूमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

    महाशाखाका अनुसार आज कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ । तर, बहाव बढ्दो हुनेछ ।

    भोलि र पर्सि देशका अधिकांश नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायकलगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.