सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचक नौ दशमलव २५ अङ्कले बढ्यो


  •    न्युजभित्तो/१७ श्रावण २०८०, बुधबार १६:५७ 
  • काठमाडौँ,१७ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो ।
    नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
    सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।
    त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो ।
    सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.